काठमाण्डु- नेपाली कांग्रेस सर्लाहीका जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन्। पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै उनले शुक्रबार आफ्नो राजीनामा बुझाएका हुन्। २०५६ सालमा कांग्रेसमा प्रवेश गरेका सिंह दुई कार्यकाल उपसभापति भइसकेका थिए। २०७८ साल फागुन २९ गतेदेखि उनी सर्लाही कांग्रेसको सभापति बनेका थिए। तर, उनीविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले…