रवि आज चितवन जाँदै, फागुन १ देखि रवि-बालेनले देशव्यापी अभियान थाल्ने

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन जाँदै छन् । सभापति लामिछानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बिहीबार चितवन प्रस्थान जाने बताएका छन् । उनी चितवन–२बाट उम्मेदवारी दिएका हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका उल्लेख गरेका छन् । उनको खुट्टाको घाउ पूर्ण निको भइसकेको…