काठमाण्डु– नेकपा एमालेका नेता ईश्वर पोखरेलले एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको दाबी गरेका छन् । एमालेका उम्मेदवारहरूसँगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशभित्र र बाहिरबाट एमालेलाई सिध्याउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले भने ‘बाहिरी षड्यन्त्र चिर्नको लागि भित्री रूपमा मजबूत हुनुपर्छ । भित्री रूपमा कमजोर भइयो भने बाह्य षड्यन्त्र हावी हुन्छ, हामी आन्तरिक रूपमा सुदृढ…