मंगलबारदेखि प्रधानमन्त्री प्रचण्ड भागबण्डा मिलाउनतर्फ लाग्ने

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई पूर्णता दिन मंगलबारदेखि छलफल सुरु गर्ने भएका छन् । सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मंगलबारदेखि सरकारलाई पूर्णता दिन सत्ता गठबन्धन दलहरुसँग छलफल थाल्ने बताएका हुन् । ‘आज विश्वासको मत प्राप्त भइसकेपछि भोलि विहानबाट सरकारलाई पूर्णता दिने प्रक्रिया सुरु हुन्छ । जोजो दलहरुसँग हाम्रो गठबन्धन भएको…