काठमाण्डु- सत्तारुढ आठ दलको बैठकले भोलि बुधबार बिहान ११ बजेसम्म सांसदहरुलाई काठमाण्डु आइपुग्न निर्देशन दिएको छ । मंगलबार नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठकले सांसदहरुलाई उक्त निर्देशन दिएको हो । ८ दलले गठन गरेको कार्यदलको बैठकले राष्ट्रपति निर्वाचनमा मतदान गर्ने तरिकालगायत विषयमा आन्तरिक रूपमा प्रशिक्षण दिन सबै सांसदहरुलाई बुधबार नै काठमाण्डु आइसक्न निर्देशन दिएको…