काठमाण्डु – ओखलढुङ्गा जिल्लाबाट नेकपा एमाले प्रतिनिधिसभा सदस्य उम्मेदवार अस्मिता थापाले ओखलढुङ्गामा उच्च नेटवर्क सहितको आईटीको काम गर्न सक्ने वातावरणको निर्माण गर्ने बताएकी छन् । शनिबार नेकपा एमालेको ओखलढुंगा–काठमाण्डु सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलामा उनले ओखलढुङ्गाबाट जितेको खण्डमा आईटीको काम पनि घर, आँगन र स्वच्छ हावामा बसेर काम गर्न सक्ने वातावरणको निर्माण…