काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामालाई एमालेका नेता सूर्य थापाले राजनीतिक स्टन्ट भनेका छन्।बिहीबार सामाजिक सञ्जालमार्फत नेता थापाले गगनको राजीनामालाई ‘राजनीतिक स्टन्ट’ र ‘फण्डा’को संज्ञा दिएका हुन्। उनले यसलाई ‘बचपनापनको पराकाष्ठा’ भनेका छन्। ७८ बर्ष लामो इतिहास बोकेको 'सुधारिएको काँग्रेस पार्टी'मा अभ्यास गरिएको यो प्रकरण बचकनापनको भद्दा मजाक प्रदर्शनबाहेक केही नभएकाे बताएका छन् ।…