गण्डकी - गण्डकी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा सभामुख चयन गर्नेगरी प्रदेशसभा सचिवालयले कार्यतालिका सार्वजनिक गरेको हो। कार्यक्रमअनुसार आज बिहान ११ बजेदेखि दिउँसाे १ बजेसम्म प्रदेशसभा सचिवालयमा सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ। उक्त समयभित्र दर्ता भएका उम्मेदवारीको सूची दिउँसो साढे १ बजे प्रकाशन…