काठमाण्डु – नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव रामकुमारी झाँक्रीले गुल्मी क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने घोषणा गरेकी छन् । राजनीतिको अधिकांश समय काठमाण्डुमा बिताएकी झाक्रीले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत गृह जिल्ला गुल्मीको क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । शहरी विकास मन्त्रीबाट बाहिरिएकी उनले एमालेको विरासत तोडेर देखाउने बताएकी छन् ।…