जसपाको राजनीतिक समितिको बैठक जारी

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बसिरहेको छ । बुधबार बालकुमारीमा बसेको जसपाको उक्त बैठकमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । संघ, प्रदेशको चुनावमा कस्ता कस्तालाई उम्मेदवार बनाउने त्यसका मापदण्डको विषयमा छलफल गर्नुको साथै पार्टी समायोजन तथा संगठन विस्तारलगायतका विषयमा पनि छलफल हुनेछ…