जनार्दन शर्मा प्रकरणः सिंहदरवार गेटको सीसीटीभी फुटेज मगाइने

काठमाण्डु - पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरवारको दुईवटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९-०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्यराति अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसदले छानबिन गर्न विशेष समिति गठन गरेको छ…