अर्थमन्त्रीले तत्काल राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : गगन थापा

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्री जनार्दन शर्माले स्वेच्छाले तत्काल पदबाट राजीनामा नदिए प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गर्नुपर्ने बताएका हुन् । अर्थमन्त्री शर्माको सम्बन्धमा संसद भित्र र बाहिर प्रश्नहरु उठेपछि उनले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने सांसद…