काठमाण्डु- नेकपा एसका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन भत्किनुको कारण खुलाएका छन् । गठबन्धनको बैठकबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निस्किएपछि बाहिरिएका खनालले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा बचनबाट पछि हटेकाले गठबन्धन भत्किएको बताए । ‘प्रचण्डको आग्रहअनुसार शेरबहादुरले पहिलो प्रधानमन्त्री बन्न सहमति दिनुभएको थियो । पछि शेरबहादुरले दिएको आफ्नै बचनअनुसार प्रचण्डलाई प्रधानमन्त्री…