काठमाण्डु - नेकपा एकीकृत समाजवादी पार्टीले हरेक पालिकामा युवा विभाग र हरेक वार्डमा खेल मैदान निर्माण गर्ने घोषणा गरेको छ । नेकपा एसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आज सार्वजनिक गरेको घोषणापत्रमा उक्त कुरा उल्लेख गरिएको छ । ‘युवाहरू नै वास्तविक श्रमशक्तिका स्रोत हुन् । यस तथ्यलाई बुझेर हाम्रो नेतृत्व रहेका…