काठमाण्डु- अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट पारित भएपछि सोमबार खुमलटारमा पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने, ‘एमसीसी पास भएपछि म निकै खुसी छु । देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’ एमसीसी पारित गर्न प्रचण्ड सहमत नभएको भए प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन तोडेर नेकपा एमालेसँग मिल्ने चेतावनी दिएका थिए ।…