काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बुधबारदेखि सुरू हुने दोस्रो केन्द्रीय समिति बैठकमा संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर छलफल हुनेछ । गत १५–१७ मंसिरमा महाधिवेशन सम्पन्न भएपछि दोस्रो पटक बस्न लागेको बैठकले समसामयिक राजनीतिक विषय, स्थानीय तह निर्वाचनसहित संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर छलफल चलाउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । ‘समासमायिक राजनीतिक परिस्थीति, स्थानिय तह निर्वाचन,…