माओवादीका समसेर सिंहले विजय उत्सव मनाइसके, यता सिल नै नतोडिएको मतपेटिका भेटियो

बर्दिवास – ३० बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी छ । यसैक्रममा तीन दिनअगाडी बर्दिबास नगरपालिका–८ मा मतपरिणाम घोषणा गरियो । निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले मत गणना सकिएको भन्दै माओवादी केन्द्रका उम्मेदवार समसेर सिंहलाई वडाअध्यक्ष घोषणा गर्यो । वडाध्यक्षमा निर्वाचित भएको घोषणा भएपछि सिंहले पनि विजय उत्सव मनाए । खुसी साटासाट गरे ।…