काठमाण्डु - नेकपा एमालेको शुक्रबारबाट जिल्ला अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो संयुक्त रुपमा भर्चुअलमार्फत जिल्ला अधिवेशनको उद्घाटन गरेका अध्यक्ष केपी शर्मा ओलीले त्यसपछि काठमाण्डु र काभ्रेको अधिवेशन उद्घाटन गर्न पुगे । करिब चार घण्टामा तीनवटा कार्यक्रममा सम्बोधन गर्दै ओलीले कानुन र विधिविपरीत एमालेको सरकार ढालेको र पार्टी फुटाएको आरोप लगाए । सत्तारुढ गठबन्धन र…