एमाले जिल्ला अध्यक्षमा तीनजना आकांक्षी

बागलुङ – नेकपा एमाले जिल्ला कमिटी बागलुङको आगमी नेतृत्वको लागि तीनजनाले आकांक्षा व्यक्त गरेका छन् । एमाले जिल्ला कमिटीका कार्यबाहक अध्यक्ष कृष्ण पाठक, गण्डकी प्रदेश कमिटी सदस्य हीराबहादुर केसी र प्रदेश कमिटी सदस्य ममतादेवी शर्माले अध्यक्षको दाबी प्रस्तुत गरेका हुन् । तीनैजना आकांक्षीले पार्टी सदस्य वृद्धि, संगठन विस्तार, पार्टी कार्यालय निर्माण, तीनै तहका निर्वाचनमा पार्टीलाई…