काठमाण्डु - नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर बिजयी भएका छन् । पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । किशोरसिंहले शेरबहादुर देउवा र देवराजले डा. शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।