कांग्रेस सहमहामन्त्रीमा जनजातितर्फ देउवा प्यानलका भीष्मराज निर्वाचित

काठमाण्डु - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । सहमहामन्त्री पदमा बिहीबार भएको मतगणनामा प्रतिद्वन्द्वी शेखर कोइराला समूहका विकाश लामालाई पछि पार्दै शेरबहादुर देउवा समूहका आङदेम्बे निर्वाचित भएका हुन् । आङ्दाङ्वे २५७८ मत ल्याएर विजयी भए भने लामाले १८२५ मत मात्र प्राप्त गरे ।