सहमतिमै नयाँ कार्यसमिति घोषणा हुन्छ : एमाले सचिव भट्टराई

सौराहा - नेकपा (एमाले)का सचिव योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्यहरुको नाम सहमतिबाटै घोषणा हुने बताएका छन्। चितवनमा जारी १० औं राष्ट्रिय महाधिवेशनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले हिजोको बन्दसत्रको हलले अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएकाले त्यहीअनुसार हुने बताएका हुन्। ‘अध्यक्ष ओलीले अरु आकांक्षीसँग कुरा गर्नुहोला, पार्टीमा संवादहीनताको अवस्था रहन दिनुहुन्न भन्नुभएको…