काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश विवादमा संसदको समिति बनाएर छानविन गर्नुपर्ने बताएका छन् । नेता रावलले सामाजिक सञ्जालमार्फत सर्वोच्च अदालतमा जारी प्रधान्यायाधीश र न्यायाधीशहरूको विवाद संसदले अधिकारयुक्त समिति बनाएर छानविन गर्नुपर्ने बताएका हुन् । ‘न्याय, मर्यादा र संविधानको रक्षा गर्नुपर्ने सर्वोच्च अदालतका प्रधानन्यायाधीशको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेपछि उहाँले नैतिकताको…