काठमाण्डु – राष्ट्रिय सभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक कानून, न्याय तथा मानव अधिकार समितिको हल सिंहदरबारमा बस्ने समिति सचिवालयले जनाएको छ । कोरियन भाषा परीक्षा पास गरी कोरिया रोजगारीमा कामदार पठाउनेबारे समितिले दिएको निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यसूची छ…