एमाले विधान महाधिवेशन : एमसीसीबारे धारणा सार्वजनिक गर्न माग

काठमाण्डु – नेकपा एमालेको विधान महाधिवेशनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने माग उठेको छ । शुक्रबारदेखि ललितपुरको गोदाबरीमा सुरु भएको विधान महाधिवेशनका प्रतिनिधिहरुले एमसीसीबारे पार्टीको धारणा प्रष्ट पार्न माग गरेका हुन् । विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि भएको समूहगत छलफलमा केन्द्रीय निकाय तथा विभागहरुको टोली नेता भानुभक्त ढकाल, बागमतीका आनन्द पोखरेल…