संघीय संसद्का दुवै सदनको बैठक बस्दै, गृहमन्त्रीको राजीनामामा विपक्षी लचक

काठमाण्डु - संघीय संसदका दुवै सदनको बैठक बुधबार बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ। बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यासहित आर्थिक वर्ष २०८२–८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् र त्यसमाथि छलफल हुनेछ। यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयकसम्बन्धी…