काठमाण्डु - नेकपा एमालेले ९ वटा विभाग गठन गरेकाे छ । सोमबार ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकले विभिन्न नेताहरूको नेतृत्वमा ९ वटा विभाग गठन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । यस्तै विष्णु पौडेलको नेतृत्वमा १४ सदस्यीय संगठन विभाग बनाइएको छ । संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ भने संसदीय…