काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधि सभा बैठक बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारको वार्षिक प्रतिवेदन (२०७६/०७७) पेश गर्ने संभावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।