काठमाण्डु – पछिल्लो समय स्वतन्त्र नागरिक समूह बनाएर सक्रिय रहेका प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गर्ने भएका छन् । उनले भोलि मंगलबार एक कार्यक्रम गरेर नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । पार्टीको नाम ‘जनता प्रगतिशील’ पार्टी रहने र झण्डा, लोगो तथा दस्तावेज सबै तयार भइसकेको उनले जानकारी दिए । नेता…