महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनको सिठ्ठी जुलुस

काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै विद्यार्थी संगठनहरुले सिठ्ठी जुलुस निकालेका छन् ।बिहीबार बिहानै नेपाल आयल निगमलाई संयुक्त ज्ञापनपत्र बुझाएका पाँच विद्यार्थी संगठनले दिउँसो माइतीघरदेखि बिजुलीबजार पूलसम्म सिठ्ठी जुलुस निकालेका हुन् । आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले पूर्वनिर्धारित कार्यक्रमअनुसार राजधानीसँगै बिहीबार ७७ वटै जिल्लामा जुलुस निकालेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी…