काठमाण्डु – बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार राजनीतिक क्रियाकलापमा सक्रिय छन् । बालुवाटार जग्गा प्रकरणमा विशेष अदालतको फरार सूचीमा रहेका गच्छदारले शक्तिको आडमा अदालतको म्याद तामेली गुजार्दै आएका छन् । यसअघि विशेष अदालतले पटक–पटक गच्छदारको सुनसरीस्थित घरमा म्याद तामेली टाँस गरेको थियो । तर, गच्छदार सुनसरीस्थित घरमा फेला…