निवर्तमान मन्त्री आलेको स्पष्टिकरणः मैले कुनै पत्रकारलाई धम्की दिएको छैन

काठमाण्डु -  निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आफूले पत्रकारलाई धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले आज विज्ञप्ति जारी गरी नेपाल पत्रकार महासङ्घ, कान्तिपुर प्रतिष्ठान शाखाका पत्रकार अब्दुल्लाह मियाँलाई समाचार लेखेकै आधारमा धम्की दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्…