विराटनगर –नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । माओवादीले मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी…