प्रधानमन्त्री पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने प्रधानन्यायाधीशको चेतावनी

काठमाण्डु – प्रतिनिधिसभा विघटन सम्बन्धी दर्ता भएको रिटको सुनुवाईका लागि गठन भएको संवैधानिक इजलास विवादमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पुराना न्यायाधीशलाई इजालसबाट हटाएर नयाँलाई ल्याएको भन्दै निवेदन दिएपछि विवादमा परेको हो । प्रधानन्यायाधीश राणाले विवाद झिक्ने प्रधानमन्त्री पक्षका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् ।…