काठमाण्डु – नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी छ । आजको बैठकमा दुई वटा एजेण्डामाथि छलफल हुने बताइएको छ । बैठकमा सरकारले जेठ १५ गते ल्याएको बजेट र लुम्बिनी प्रदेशमा सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल हुने बताइएको छ ।