उपेन्द्र यादवलाई पनि ठाकुर पक्षले स्पष्टीकरण सोध्यो

काठमाण्डु - जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । जसपाका बहुमत पक्षले अध्यक्ष ठाकुरसहित चारजना नेतालाई सोधेको स्पष्टीकरणको केही समयमै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेको हो ।स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार पार्टीबाट निष्कासनसम्मको कारबाही गर्ने उनले पत्रमा उल्लेख गरेका…