काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोलीले भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउने बताएका छन् । बिहीबार बालुवाटारमा नेपालमा रहेका अन्तराष्ट्रिय मिडियाका सम्वाददाताहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले भारतले ५८ वर्षदेखि नियन्त्रणमा लिएको नेपाली भूमि फिर्ता ल्याउने बताएका हुन् । सरकारले नेपालको जमिन राजनीतिक तथा प्रशासनिक नक्सामा सामेल गरेर पास गरेको अवस्थामा भारतसँग गम्भीरताका साथ कुराकानी गरिरहेको…