काठमाण्डु – नेकपा एमालेले सुदूरपश्चिममा पार्टीको निर्णय नमान्नेहरुमाथि कारबाही गर्ने चेतावनी दिएको छ । बुधबार बसेको एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय गरेपछि पार्टीले कारबाहीको चेतावनी दिएको हो । एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कर्ण थापाले केन्द्रले दिएको निर्देशन नमाने आवश्यक कारबाही गर्ने चेतावनी दिए । आजको बैठकमा…