जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलायो

काठमाण्डु – जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच भएको बैठकले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाउने सहमति भएको हो। बैठक जेठ ८ र ९ गते बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ । बैठकमा देशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रम र पार्टीभित्रको विवादका विषयमा छलफल हुने बताइउको छ…