दलगत स्वार्थले जेलिएको न्यायालयः कांग्रेसलाई गुन तिर्ने अवसर, एमालेलाई निर्णय उल्टिने डर

काठमाण्डु – न्यायाधीशहरुको आन्दोलनका कारण सर्वोच्च अदालतको नियमित काम कारवाही प्रभावित बनेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले इजलास बहिस्कार गरेपछि अदालतको नियमित काम कारवाही प्रभावित बनेको हाे । उनीहरूले प्रधानन्यायाधीश जबराले सरकारमा भागवण्डा खोजेको, न्याय क्षेत्रमा विकृति भित्र्याएको आरोप लगाएका छन् । सर्वोच्चमा सुनुवाई नहुँदा बन्दी प्रत्यक्षीकरणलगायत तत्काल गर्नुपर्ने फैसला…