काठमाण्डु – नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहितका चार जना नेतामाथिको कारबाही फुकुवा गरेको छ । बिहीबार बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता नेपालसहित चार जना नेताहरुको कारबाही फुकुवा गरेको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही फुकुवाको प्रस्ताव बैठकमा पेश गरेका थिए । बैठकले उनले गरेको प्रस्तावलाई अनुमोदन गरेको हो…