काठमाण्डु – नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा सचिवालयमा पुगेर उनले राजीनामा बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सदस्य डाँगीले राजीनामा बुझाएको र सभामुखको निर्देशन अनुसार प्रक्रिया अगाडि बढाएको प्रदेशसभा सचीव दुर्लभ कुमार पुनले जानकारी दिए ।…