काठमाण्डु – गण्डकी प्रदेश सरकार पूर्वाग्राही बनेको भन्दै नेकपा एमालेले ध्यानाकर्षण गराएको छ । पूर्व मुख्यमन्त्री तथा एमाले गण्डकी इन्चार्ज पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुले गण्डकी सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रममा ठूला योजनामा बजेट कटौती गरेर खुद्रा योजनामा वितरण गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको ध्यानाकर्षण गराएका हुन्। एमालेले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘टेन्डर भइसकेका…