काठमाण्डु – सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखमा सिफारिस गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई नियुक्ति गर्नेछिन् । नवनियुक्त प्रदेश प्रमुखलाई आजै शीतल निवासमा शपथ ग्रहण गराउने तयारी छ ।