काठमाण्डु – नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टीबाहेक सबै दल र स्वतन्त्र सांसदरुको सहमतिमा नयाँ सरकार बन्ने स्पष्ट पारेका छन् । राजधानीमा भएकाे एक साक्षात्कारमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत रहेका सांसद विश्वकर्माले ओली नेतृत्वकाे सरकारकाे विकल्प खाेजिरहेकाे बताएका हुन् । ‘नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा…