१५ लाख युवालाई उत्पादनमा लगाउने योजनासहित अघि बढ्नुस् : मन्त्री शर्मा

काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरुलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरुलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिष्ट लीग नेपालले शनिवार भर्चुअल रुपमा आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरुलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । उत्पादन अभियानमा युवाहरु दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट…