प्रचण्ड–नेपाल समूहले बोलायो संसदीय दलको बैठक, के होला प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्ताव ?

काठमाण्डु – नेकपाको प्रचण्ड–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको सांसद तथा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले जानकराी दिए । उनले सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री…