संसद पुनःस्थापनापछि माधव नेपालले भनेः जनताको जीत भयो

काठमाण्डु – प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाले जनताको जित भएको बताएका छन् । अध्यक्ष नेपालले सर्वोच्चको फैसलापछि संवैधानिक अपेक्षा र जनभावना अनुसार अत्यन्तै प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको बताएका छन् । उनले सर्वोच्च अदालतप्रति आभारसमेत व्यक्त गरेका छन् । ‘प्रतिनिधिसभा विघटन बदर…