काठमाण्डु – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । मंगलवार काठमाण्डुमा जनयुद्धको हस्ताक्षर नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष प्रचण्डले धेरै दुःख गरेर पार्टी एकताबद्ध गरिएको उल्लेख गर्दै त्यसलाई विभाजन गर्न प्रधानमन्त्री ओलीले षड्यन्त्र गरेको आरोप लगाएका हुन् । ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो,…