काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आज शनिबार चितवन जाँदैछन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री ओली पहिलोपटक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहनगर चितवन जान लागेका हुन् । प्रधानमन्त्री ओलीसँग वरिष्ठ मन्त्रीहरु उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा 'बादल', भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शहरी विकास मन्त्री प्रभु शाह, राज्यमन्त्री रामवीर मानन्धर पनि…